अपडेट 
२०८० भाद्र २९, शुक्रबार १४:२७

जनकपुरधाममा नालामा खसेर एक बालकको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २५ लोहनाको हजाम टोलका रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहन मुखियाको नालामा खसेर मृत्यु भएको छ ।

बिहान करीब साढे ६ बजे घर छेउको नाला (चेम्बर)मा खसेर मृत्यु भएको परिवारजनले जनाएको छ ।

दुई वर्ष अघि ढलान भएको सडकमा नालाको लागि बनाइएको चेम्बरमा ढक्कन नलगाएकोले यस्तो अपृय घटना हुन गएको स्थानीयको आरोप छ ।

Comment


Related News

Latest News

Trending News