अपडेट 
२०८० भाद्र ३०, शनिबार ०९:२४

सप्तरीको रुपनीमा बिहीबार मध्यराति भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान गम्भीर घाइते भएका छन् ।

राति १२ बजेतिर रुपनीबाट राजविराजतर्फ जाने क्रममा रुपनी गाउँपालिका स्थित विद्युत प्राधिकरण वितरण शाखा नजिकै भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार रुपनी गाउँपालिका ३ कटैयाका ४० वर्षीया शिलावती मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टाउकोमा गम्भीर चोट लागेका उनको स्थानीय युनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा मोटरसाइकल चालक ४९ वर्षीय उनका श्रीमान हरेराम मुखिया गम्भीर घाइते भएका छन् । उनको स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार मोटरसाइकल दुर्घटनाको कारण खुल्न सकेको छैन । “रातिको समयमा मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटनामा परेको हो वा कुनै अर्कै सवारी साधनको ठक्करबाट सो दुर्घटना भएको हो भन्ने बारे दुबै कोणबाट अनुसन्धान भइरहेको छ, उनले भने–यस क्रममा दुर्घटना स्थल नजिकै जडान रहेको सीसी क्यामराको फुटेज पनि झिकाइ घटनाको कारण यकिन गर्ने प्रयास भइरहेको छ ।”

अत्यावश्यक काम परेर रातिको समयमा स.४ प ५७६० नम्बरको मोटरसाइकल चढेर राजविराज जादै गर्दा भएको दुर्घटनामा परी शिलावतीको मृत्यु तथा उनका श्रीमान हरेराम गम्भीर घाइते भएको खबरले दुखित बनेका गाउँलेले दुर्घटनाबारे सत्य तथ्य छानबिन गर्न मांग गरेका छन् ।

Comment


Related News

Latest News

Trending News