अपडेट 
२०८० भाद्र ३०, शनिबार १४:०५

रौतहटमा एक युवकको हत्या भएको छ ।

रौतहटको कटहरिया नगरपालिका ५ सपहीका २५ वर्षीय सुनिल यादवको शुक्रबार साँझ छुरा प्रहार गरी हत्या भएको हो ।

यादवलाई छिमेक ५० वर्षीय रामबाबु साह राति साढे ८ बजे घरमै पसेर छुरा प्रहार गरेपछि उनको मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले बताए ।

उनका अनुसार बायाँ कोखमा छुरा प्रहारबाट गम्भीर घाइते सुनिललाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो ।

घटना लगतै प्रहरीले छुरा प्रहार गर्ने साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

लामोसमयदेखि दुबै छिमेकमा एक आपसबीच बिबाद र रिसिइवी चलिआएको थियो । शुक्रबार साँझ बच्चाको विषयमा विवाद हुँदा साहले घरमै पसेर सुनिललाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News