अपडेट 
२०८० भाद्र ३०, शनिबार १५:००

जनकपुरधामका युवाहरूले सरकारी बिदाका दिन सरकारी गाडी चलाउन नपाइने भन्दै शनिबारका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएका छन् ।

सरकारी गाडीको दुरुपयोग बढेको भन्दै युवाहरूले जनकपुरधाम उपमहानगरपालिकास्थित भानु चोकमा शनिबारका दिन पनि सरकारी गाडी चलाएको भन्दै गाडी नियन्त्रणमा लिई धनुषा ट्राफिक प्रहरीलाई बुझाएका हुन् ।

राष्ट्रिय युवा सङ्घ नेपाल मधेश प्रदेशका अध्यक्ष लव अधिकारीको नेतृत्वमा गत शनिबारदेखि सञ्चालन गरिएको अभियानमा बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिइएको हो ।

उनका अनुसार दोस्रो साताको यो अभियानमा १५ मिनेटको अन्तरालमा ५ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिइएको छ । गत शनिबार १२ वटा गाडी नियन्त्रणमा लिई ट्राफिक प्रहरीको जिम्मा लगाइएको थियो । अभियान प्रभावकारी भएकै कारण दुरुपयोग हुने गाडीको सङ्ख्या शनिबार न्यून देखिएको सङ्घका प्रदेश अध्यक्ष अधिकारीले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News