अपडेट 
२०८० आश्विन ३, बुधबार ०८:१७

जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीमा रहेको एक सार्वजनिक पोखरी आफ्नो रहेको भन्दै एक व्यक्तिले कब्जा गर्न खोजेपछि स्थानीयबासी आन्दोलित भएका छन् । सार्वजनिक महत्वको पोखरीलाई भूमाफियाहरुले कब्जा गर्न लागेको भन्दै स्थानीयबासी र सो क्षेत्रका प्रदेश सांसद शेषनारायण यादव र सो वडाका वडाध्यक्ष जीतबहादुरसहितले अग्रसरता देखाएका छन् ।

मंगलवार सो पोखरीको डिलमा पत्रकार सम्मेलन तथा सार्वजनिक सुनवाई नै गरेर उनीहरुले त्यसको विरोध गरेका छन् । कार्यक्रममा प्रदेश सांसद यादवले भने, पोखरीको कित्ताकाट हुँदैन तर भूमाफियाहरुले पोखरीको प हटाएर खरी देखाएर सार्वजनिक पोखरी आफ्नो नाममा नामसारी गराएका छन् । त्यसकारण सार्वजनिक महत्वको पोखरी कुनै पनि हालतमा भूमाफियालाई कब्जा गर्न दिदैनौ ।’

यस अघि जनकपुरधाम उपमहानगरपालिका वडा नं १३ का वडाकार्यालयले पनि उक्त पोखरीलाई सार्वजनिक पोखरी भन्दै सिफारिस गरेको थियो । १६ कठा ६ धुर भन्दा बढी क्षेत्रफल भएको उक्त पोखरीको बीचमा अहिले पनि पुरानो जाटका साथै ६ फिटसम्म पानी भएपनि भूमाफियाले माटोले पुरिन थालेको सुईको पाएपछि वडा कार्यालयले त्यसमा रोक लगाएका थिए ।

स्थानीय समाजसेवी तथा स्थानीयबासी रामअशिष दासले जनकपुरधामको भगवान साहको सन्तान नभएको कारणले सार्वजनिक काममा प्रयोग हुने गरी दुई वटा पोखरी तथा एउटा ईनार खनाए पनि त्यसमध्ये एउटा पोखरी र ईनार लोप बनाउने काम भएको भए पनि बाँकी रहेको भगवाना पोखरीलाई व्यक्तिले निजी बनाएको थाहा पाएपछि स्थानीयबासीहरु आन्दोलित भएको जानकारी दिए ।

दाता भगवान साहको कोही नभए पनि टाढाको नातामा पर्ने अपुताली खाने बुटन देवीले आफ्नो निजी बनाएका थिए । त्यति खेर पोखरीको पो हटाएर खरी बनाइ निजी बनाउने काम भएको बताउँदै समाजसेवी दासले यसमा तत्कालीन अवस्थामा कर्मचारीको मिलेमतो देखिएको छ ।

२०२६ सालको फिल्ड बुकमा रहेको सार्वजनिक पोखरीलाई केरकार गरेर २०२८ सालमा व्यक्तिको नाउँ राख्ने काम भएको उनले बताए । अहिले उक्त पोखरीलाई वुटन देवीबाट महावीर सिंहले खरिद गरेर दिलीप साहलाई बिक्री गर्ने काम भएको समाजसेवी दासले बताए । दिलीप साहले पोखरीलाई १६ कित्तामा कित्ताकाट गराइ बिक्री गरेको स्थानीयबासीहरुको आरोप छ ।

Comment


Related News

Latest News

Trending News