अपडेट 
२०८० आश्विन ५, शुक्रबार ०७:४७

छिन्नमस्ता भगवती मन्दिरमा रहेको देवीको मूर्तिमा पुरानो मुकुट झिकेर दाता परिवारसमेतको नाम लेखिएको नयाँ मुकुट जडान गरेपछि व्यापक विरोध भएको छ ।

एक किलो ५० ग्राम तौल भएको पुरानो मुकुट झिकेर विहीबार छिन्नमस्ता भगवती मन्दिर समितिले दाता परिवारसमेतको नाम लेखिएको नयाँ मुकुट जडान गरिएपछि विरोध सुरु भएको छ ।

दाता परिवारका कृष्ण मुरारी प्याकुरेल, गोपीराज प्याकुरेल, राधा प्याकुरेल र शंकर प्याकुरेल गरी चार जनाको नाम कुँदेर भगवतीको मूर्तिमा नयाँ मुकुट जडान गरिएको छ । नयाँ मुकुटको तौल एक किलो २ सय ५० ग्राम रहेको छ । पुरानो मुकुट झिकेर नयाँ मुकुट जडान गरी करोडौं श्रद्धालुको आस्थासँग खेलवाड गरेको भन्दै स्थानीयले चर्को विरोध गरेका छन् ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले आफूलाई समेत जानकारी नदिइ एकतर्फी ढंगले समितिले मुकुट हेरफेर गरेको भन्दै आक्रोश पोखेका छन् । उनले सो त्रुटि तत्काल सच्याउन समितिलाई कडा निर्देशन दिएको बताए । “आफू खुशी माताको मुकुट परिवर्तन गरी समितिले करोडौं श्रद्धालु भक्तजनको आस्थामाथि चोट पु¥याउने काम गरेको छ, उनले भने–यसलाई तत्काल सच्याउन मन्दिर नै पुगेर समितिलाई कडा निर्देशन दिएको छु ।” उनले गाउँपालिकाकै पहलमा पुरानो मुकुटलाई सुन्दरता प्रदान गरी शुक्रबार साँझ ५ बजेभित्र मन्दिरमा पुनस्र्थापित गरिने तयारी गरिएको समेत जानकारी दिए ।

मन्दिरका पीठाधीश महाकान्त ठाकुरले पुराना मुकुटमा चिरा परेका कारण दाता पक्षकै अनुरोधमा नयाँ मुकुट जडान गरिएको बताए । यद्यपि यसको व्यापक विरोध भएकाले शुक्रबार क्षमा पूजासहित पुरानै मुकुट लगाउने निष्कर्षमा समिति पुगेको उनले जानकारी दिए ।

 

Comment


Related News

Latest News

Trending News