अपडेट 
२०८० आश्विन ५, शुक्रबार ०८:३६

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई० र कक्षा ११ को ग्रेडवृद्धिसँगै कक्षा १२ को पुर्नयोगको नतिजा एकैपटक सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईको ग्रेडवृद्धिका लागि एक लाख १३ हजार ३१३ जना परीक्षामा सहभागि भएकोमा ७५ हजार ८९७ जना अर्थात ६६।९७ प्रतिशतको ग्रेड वृद्धि भएको छ । कार्यालयले एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते सञ्चालन गरेको थियो ।

२०८० जेठ नौ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षार्थीको पनि राष्ट्रिय परीक्षा वोर्डले नतिजा प्रकाशन गरेको छ । ग्रेडवृद्धितर्फ पाँच हजार ३१३ र आंिशकतर्फ ४०२ गरेर जम्मा पाँच हजार ७१५ जना परीक्षार्थी सहभागी भएकोमा आंशिकतर्फ २२२ अर्थात ५५।२२ प्रतिशत उर्तिण भएका छन् ।

यस्तै गत बैशाख २६ गतेदेखि जेठ पाँच गतेसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षको नतिजामा चित्त नबुझी पुर्नयोगको नतिजा राष्ट्रिय परीक्षा वोडले सार्वजनिक गरेको छ । परिवर्तित ग्रेडसिट लिनका लागि वोर्डले नतिजा प्रकाशन भएको मितिले १० दिनपछि सक्कल ग्रेडसिटसहित बोर्डका सम्बन्धित कार्यालयमार्फत बोर्डमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

ग्रेडवृद्धि परीक्षाको नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न चाहने परीक्षार्थीले १५ दिनभित्रमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ वा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयमा निवेदन दिन सक्ने बोर्डले जनाएको छ । प्रकाशित नतिजामा प्राविधिक वा अन्य कुनै कारणले त्रुटि भइ नतिजा प्रकाशन हुन नसकेको भए एकाइको सिफारिसमा छ महिना भित्र यस कार्यालयमा निवेदन दिनुपर्ने बोर्डले बताएको छ ।

एसईई नतिजा

कक्षा ११ काे ग्रेडवृद्धि परीक्षाकाे नतिजा:

कक्षा १२ काे पुनर्याेग परीक्षाकाे नतिजा:

Comment


Related News

Latest News

Trending News