अपडेट 
२०८० आश्विन ५, शुक्रबार १०:४०

बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जनाको ज्यान गएको छ ।

जयन्दु बाल सुधार गृहमा गएराति झडप हुँदा कपिलवस्तुका सुलभ केसीको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो ।

झडपमा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको हो ।

यस्तै, झडपमा घाइते भएका अन्य १० जनाको अहिले नेपालगञ्ज शिक्षण अस्पतालमै उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बाल सुधार गृहमा १८ वर्षभन्दा माथिका किशोरहरुलाई पनि राखिएको थियो ।

कुल २ सय ५४ जना रहेकामा १८ वर्षभन्दा माथिका एक सय ६ जनालाई त्यहाँ राखिएको पाइएको छ । झडपको कारण खुलेको छैन । तर, उमेर बढी र कम भएकाहरुबीच विवाद भएको हुन सक्ने अनुमान छ । बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ । 

यसअघि गएको भदौ ४ गते भक्तपुरको सानोठिमीमा र २६ गते वीरगञ्जको बाल सुधार गृहमा पनि झडप भएको थियो । सानो ठिमीको बाल सुधार गृहमा तोडफोड भएपछि त्यहाँ रहेका १८ जनालाई वीरगञ्ज लगिएको थियो ।

 

Comment


Related News

Latest News

Trending News