
ऋण वापतको रकम चुक्ता गरिसकेपनि जग्गा कब्जा गरिरहेको र माग्दा उल्टै जेल पठाउने धम्की दिइरहेको एक पिडितको दुखेसो छ । मिटरब्याजी गंगाप्रसाद महतोले आफ्नो जग्गा कब्जा गरेर पक्राउ गराई जेलमा पठाई दिने धम्की दिदैं आएको गुनासो धनुषाको हँसपुर नगरपालिका वडा नं. ३ निवासी देवनारायण कापरको छ ।
कापरका अनुसार वि.सं. २०६९ र २०७१ मा गरी महतोसँग १७ लाख रुपैया ३१ कट्ठा जग्गा धरौटी राखेर ऋण लिएका रहेछन् । विभिन्न पटक गरी २२ लाख रुपैया चुक्ता गरिदिंदा पनि १६ लाख थप बांक्यौता रहेको भनी माग गरिदै छ । बिरामीले आफू अशक्त भएको बेला रकम नदिए जेल पठाई दिने भनी धाकधम्की आयो उनले भने, ‘बलजफ्ती धरौटी राखिएको मध्येका २६ कट्ठा जग्गा विक्री पनि गरिदिएका छन् ।’
अनि कानुन उपचारका लागि मुद्दा मामिलामा किन जानु भएन पत्रकारहरुको जिज्ञासामा कापरले भने ‘ म बिरामी छु, थप आर्थिक भार सह्न नसक्ने भएकाले मुद्दामा जान सकेन ।’ मिटरब्याज पिडीत सम्बन्धी कानून आएपछि अनुचित लेनदेन आयोगमा उजुरी दियौं तर सरोकारवाला निकायले चासो नलिंदा पुन: बक्यौता रकम नदिए ज्यान मारिदिने, जेल पठाई दिने लगायतका धाकधम्की घरमा आएर दिने गरेको पीडा उनले सुनाए ।
यस सम्बन्धमा आरोपित भनिएका महतोलाई घटना बारे फोन सम्पर्क गर्दा आफू बिरामी रहेको भनी सम्पर्कमा आउन चाहेन । पटक पटक जिज्ञासा लिन खोज्दा उनले आफूले जग्गा ऋण वापत धरौटीमा नलिई कापरसँग खरीद गरेको भनी पन्छिएका छन् ।