अपडेट 
२०८० आश्विन ५, शुक्रबार १६:०६

सर्लाहीको सदरमुकाम मलंगवामा आज ९शुक्रबार० साँझ ५ बजेदेखि ७ बजेसम्ममा गणेश पूजाको सबै स्थानको मूर्ति एकैठाउँमा राखेर विर्सजन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलियरसर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै, बैठकमा घटनाको अनुसन्धान गरी दोषीलाई पक्राउ गरी कारवाही गर्ने, ब्रम्हपुरीमा भएको तोडफोडको घटनामा संलग्नलाई समेत पक्राउ गरी कारवाही गर्ने, मानवीय तथा भौतिक क्षति पुर्याउनेलाई पक्राउ गरी उसैबाट क्षतिपूर्ति भराउने, आगामी दिनमा यस्ता किसिमका घटना हुन नदिन सबै पक्ष जिम्मेवार भएर लाग्ने निर्णय भएको छ ।

स्थिति साम्य पार्न सदरमुकाम मलंगवामा गएराति १० बजेदेखि लगाइएको कफ्र्यु अहिलेसम्म जारी नै छ ।

Comment


Related News

Latest News

Trending News