अपडेट 
२०८० आश्विन ६, शनिबार ०९:४७

आज कोशी, मधेस र गण्डकी प्रदेशको केही ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको र नेपालमा भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाले केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस र लुम्बिनी प्रदेशको केही ठाउँमा हावाहुरीको सम्भावना समेत रहेको छ । अहिले देशभर सामान्य बदली रहेको छ । केही ठाउँमा सामान्य पानी परिरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका थोरै ठाउँ र देशका बाँकी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । कोशी, मधेस र बाग्मती प्रदेशका एक/दुई ठाउँमा राति पनि ठूलाे पानी पर्ने सम्भावना रहेको छ ।

Comment


Related News

Latest News

Trending News