
सुडी समाज सेवा समिति क्षीरेश्वरनाथ नगरपालिका धनुषाको दोस्रो कार्यकालका लागि अध्यक्षमा धनेश्वर महतो सर्वसम्मतिले चयन भएका छन् ।
शुक्रबार महेन्द्रनगरमा आयोजित दोस्रो साधारण सभा तथा अधिवेशनको बन्द सत्रबाट महतो नेतृत्वको समितिमा नयाँ कार्यकालका लागि उपाध्यक्षमा सत्यनारायण महतो साह, सचिवमा संजयकुमार साह, कोषाध्यक्षमा दिलीप कुमार साह सर्वसम्मतिले चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा उमेश महतो, जीवछ महासेठ, रामचलितर साह, रामबली साह र महिला सदस्यहरुमा सान्ता महासेठ, मिना पजियार, सुनिता महतो चयन भएका छन् ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै सुडी समाज महासंघ नेपालका अध्यक्षका परमेश्वर महासेठले सुडी समाजको विकासकै लागि महासंघको गठन गरिएको जानकारी दिए । उनले चाँडै नै परिषद गठन गर्ने प्रकृया समेत अगाडि बढाइने बताए । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारले जातीय उत्थानका लागि सुडी समाजलाई एकठाउँमा एकत्रित हुन आग्रह गरेका थिए ।