२०८० आश्विन ६, शनिबार १८:०७

विराटनगर । गोग्रहा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा २०८० साल असोज ६ गते सफलता पूर्वक सम्पन्न भएको छ ।

विक्रम सम्बत् २०६७ सालमा २५ जना शेयर सदस्यहरुबाट आफ्नो कारोबार संचालन गरेको संस्थाले १३ औं वर्षमा आइपुग्दा सम्म १५९६ सन्तुष्ट शेयर सदस्यहरु रहेको संस्थाका चार कार्यकालदेखि अध्यक्ष पद ग्रहण गरीरहेका मनोज कुमार बस्नेतले जानकारी दिए । प्रदेश सहकारी मन्त्रालयका अधृकृत तोयानाथ तिम्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संस्थाका उत्कृष्ट बचतकर्ताहरु र उत्कृष्ट ऋणीहरुलाई सम्मान गरियो । गत आ.व. २०७९/८०मा चुक्ता पुजी रु २ करोड ३२ लाख ६३ हजार ९ सय रहेको संस्थाले ११ करोड ९ लाख ८६ हजार ४ यस ४७ रुपैया ३७ पैसाको कारोबार गरेको संस्थाका लेखा संयोजक सोमराज पौडेलले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News