अपडेट 
२०८० आश्विन ८, सोमबार १७:४३

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीयतालाई मजबुत बनाउन आवश्यक पर्ने कानून निर्माण र कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

सोमबार जनकपुरधाममा नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले निजामती ऐन तथा प्रहरी ऐन चाँडो ल्याउनका लागि दलका शीर्ष नेताहरूसँग पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। उनले स्थानीय तह र प्रदेशहरुलाई संघीयताको मर्म अनुरुप सम्पूर्ण अधिकार नदिइएको र नियन्त्रित रुपमा अधिकार दिनेमा कन्जुसाई भएको बताउनुभयो । उनले अब दिल खोलेर जनतालाई अधिकार दिनुपर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सङ्घीयतालाई बलियो बनाउनका लागि प्रदेश सरकारलाई बलियो बनाउन आवश्यक भएको बताउनु भयो । उनले प्रहरी तथा निजामती एन पारित विनाको प्रदेशको कल्पना गर्न नसकिने हुनाले मधेश प्रदेशको विकासको अवरोधक नै यी दुई विधेयक पारित नहुनु रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले देशको सबैभन्दा ठूलो समस्या नागरिकता विधेयक प्रमाणिकरण गरेर लाखौं नेपाली नागरिकलाई आफ्नो हक अधिकार दिनुभएकोमा राष्ट्रपति पौडेललाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका, मुख्यमन्त्री कार्यालयलगायत विभिन्न निकायले राष्ट्रपति पौडेललाई सम्मान गरेका थिए ।

Comment


Related News

Latest News

Trending News