अपडेट 
२०८० आश्विन ९, मंगलवार ०८:५२

नेपाली कांग्रेसका सह महामन्त्री महेन्द्र यादवले मैले कांग्रेसीहरुलाई जोगाएको दाबी गरेका छन् । उनले आफूमाथि प्रहार गर्नेले कांग्रेसीलाई मात्र टार्गेट गरेको हुनाले आफू घाइते भएर पनि अन्य कांग्रेसीलाई जोगाएको बताए ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकमा सोमबार धारणा राख्दै सह–महामन्त्री यादवले आफूमाथि प्रहार गर्ने संग सोधपूछ गर्न एक इन्सपेक्टरलाई पठाएको र त्यो क्रममा उनले मैले महेन्द्र यादवलाई चिन्दा पनि नचिनेको तर, तीन चार दिन देखि कांग्रेसीलाई काट्ने मेरो अभियान रहेको खुकुरी प्रहारकर्तालाई उल्लेख गर्दै सह–महामन्त्री यादवले समितिको बैठकमा जानकारी गराएका थिए । सात दिनको अस्पताल बसाइमा आफूलाई पीडा भए पनि कांग्रेसीलाई काटिनबाट जोगाएकोमा आफूलाई खुशी लागेको उनले बताए ।

उनले भने–‘मैले आफै काटिएर भए पनि अन्य कांग्रेसीलाई जोगाए मलाई खुशी लागेको छ ।’ बैठकमा धारणा राख्दै उनले देशमा मात्र नेपाली कांग्रेस शासन नगरेको बताउँदै मोटामोटी सवै दलहरु शासन गरेका छन् तर कांग्रेसी मात्रै किन निसाना भए उनले प्रश्न गरे । उनले भने–‘सभापति जी अव उपरान्त कुनै कांग्रेसी नकाटियोस ।’ नेपालमा जति आर्थिक समृद्धि, आन्दोलन र जनताले अधिकार पाएका छन् सवै कांग्रेसकै देन रहेको बताउँदै कांग्रेसीलाई किन टार्गेट गरियो यो प्रश्न गम्भीर रहेको बताए ।

अन्य दल भन्दा सहज कांग्रेसका नेताहरु रहे पनि यस्ता प्रकारका समस्या कांग्रेसीलाई नै किन खेप्नु पर्यो यस विषयमा कांग्रेसले विमर्श गर्नुपर्ने जरुरी रहेको उनले बताए । बैठकमा उनले निर्वाचन पद्धति बदल्ने प्रस्तावको विरोध गर्दै संविधानका पिता भनेर हाम्रै पार्टीका पूर्व सभापति सुशील कोइराला थिए अहिले निर्वाचन पद्धति बदल्ने प्रयास गर्र्यौ भने त्यो बदल्ने अवस्था छैन् र हामीले जस पनि नपाउने उनले बताए । राहत शिक्षकहरुको आन्दोलनमा समर्थन जनाउँदै उनले शिक्षकहरुको समस्या समाधान गर्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

Comment


Related News

Latest News

Trending News