अपडेट 
२०८० आश्विन ९, मंगलवार १३:४०

आउँदो शुक्रबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक सारिएको छ । १२ असोज शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक एक सातापछि बस्नेगरी सारिएको छ । 

१२ असोजमा बोलाइएको बैठक १८ असोज बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी सारिएको संघीय संसद्‍मा महासचिव डा भरतराज गौतमले जानकारी दिए ।

 उनका अनुसार विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले बैठक सारिएको हो । 

Comment


Related News

Latest News

Trending News