अपडेट 
२०८० आश्विन १०, बुधबार ०७:५१

सरकारी कागजात किर्ते जालसाजी गरेको आरोपमा फरार रहेका प्रकाश राणा एक लाख धरौटीमा रिहा भएका छन् । उनी मंगलबार जिल्ला अदालतमा उपस्थित भइ एक लाख धरौटीमा रिहा भएका छन् ।

आफ्नो जग्गा किर्ते गरी नामसारी गराएको भन्दै पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाका ज्वाईका भाई देशपाल सिंह हमालले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए ।

जनकपुरधाम उप–महानगरपालिका–२ जनक चोक स्थित रहेका पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाको छोरीको जग्गा प्रकाश राणाले वदनियत पूर्ण तरिकाले सरकारी कागजात किर्ते गरी कव्जा गरेका आरोप सहित करिव एक बर्ष पहिला जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि अनुसन्धानमा उनी दोषी रहेको भन्दै जिल्ला प्रहरी कार्यालयको फरार सूचीमा राणा थिए । उनी मंगलबारनै जिल्ला अदालतमा उपस्थित भई एक लाख धरौटी बुझाई रिहा भएका छन् ।

पूर्व प्रम थापाका ज्वाई राजपाल सिंह हमालका भाई देशपाल सिंह हमालले जनकपुरधाम उप–महानगरपालिकामा जनक चोक स्थित रहेको जग्गा तत्कालिन नगर पञ्चायतका वडा नं. २ का जग्गा किर्ते गरी प्रकाशले कव्जा गरेको दावी गरेका छन् ।
उनले जिल्ला प्रहरी कार्यालय धनुषामा दिएको जाहेरीमा भनिएको छ–‘तत्कालिन जनकपुर नगरपंचायत वडा नं. २ साविक किता नम्बर २६५ को किता नम्वर २६६ देखी पूर्व दक्षिण निज से पश्चिम सडक देखि उत्तरको ०–२–१४ र सोही सोही किता नम्वर २६६ को सडक देखी उत्तर उनी देखि दक्षिण २६५ नम्वर देखि पश्चिम ०–६–६ मध्ये पूर्व तर्फवाट ०–०–१० समेत जम्मा ०–३–४–० जग्गा र तत्पश्चात अन्य केही जग्गा समेत वकसपत्र गरी दिनु भएको थियो । सोही जग्गा मध्येका केही जग्गा म जाहेरीवालाको ठूली आमा सीतारानी शाहलाई र केही जग्गा विपक्षी प्रकाशजंग राणाका वुवा डम्बरजंग राणालाई वकसपत्र गरिदिनु भएको सवै जग्गा किता नम्बर १०० मा ०–१२–१८–२ क्षेत्रफल भई कायम नापी भयो । पछि किता नम्वर १०० वाट किताकाट भई किता नम्वर १६९ ज्योतीजंग राणा र प्रकाशजंग राणा किता नम्वर १७० म जाहेरीवालाको आमा गीता रानी हमालको १७१ र १७२ रानी पदमकुमारी राणाकै नाममा वाकी रही किताकाट भयो । यसरी आमाको वकसपत्रवाट प्राप्त गरेको र नापीमा आमाको नाम जनिएको उक्त किता नम्वर १७० को जग्गा वुवा आमाको स्वर्गीय भएको कारणले म जाहेरवालाको हक हुन आई आफ्नो नाममा दर्ता गराउने प्रयोजनकोलागि जनकपुर आई मालपोत कार्यालय धनुषा र नापी कार्यालय धनुषामा बुझ्दा किता नम्वर १७० किताकाट भई २७५ र २७६ कायम भएको र किता नम्वर २७५ समेत किताकाट भई किता नम्वर २७८ को ०–०–७ जग्गा संगीता कुामरी ठाकुर र २७९ को ०–०–७–३ जग्गा संगीता राणाको नाममा दर्ता रहेको तथ्य नापी कार्यालयवाट प्लट वुक रजिष्टरको नक्कल लिदा थाहा पाए ।’

यहाँ प्रकाशराणाले सो जग्गा आफ्नो रहेको दावी गर्दै नापी र मालपोत दुवै कार्यालयलाई ढाटेका छन् । प्रकाशका वुवा डम्बर जंग राणा गीता देवी हमालका मुन्सिफ रहेको उनका छोरा देश पालले दावी गरेका छन् । उनले गरेको सेवा अनुसार उनलाई केही जग्गा बसोबास गर्नकालागि दिइएको देशपालको दावी छ । तर, गीतारानी जनकपुर छाडेर काठमाण्डु बस्न थालेपछि सो जग्गाको रेखदेख र त्यस जग्गामा बनेको घर भाडा असुल गर्ने काम समेत प्रकाशलाई दिइएको थियो । बढी समय उनीहरु काठमाण्डु र देश बाहिर बस्ने मौका छोपी प्रकाशले सो जग्गामा दावी गरी मालपोत र नापी कार्यालयलाई झुक्याए । तर, देशपालले आफ्नो जग्गामा दावी गरेपछि र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि नापीले सो जग्गा गीतारानीको नाममा रहेको र मालपोत कार्यालय धनुषाले अहिले सो जग्गा कसैको नाममा नदेखाएको भनेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले २०७९ भदौ २६ गते भूमी सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय धनुषालाई सो जग्गाको वस्तुस्थितिबारे जानकारी गराउन आदेश गरेका थिए । जवाफमा नापी कार्यालयले २०७९ भदौ २७ गते दिएको जवाफमा भनिएको छ–‘जिल्ला धनुषा जनकपुरधाम उप–महानगरपालिका–२ सिट नम्वर १३५५–२५ किता नम्वर २७६ क्षेत्रफल ०–२–५–३ जग्गा हाल नापी कार्यालयको प्लटमा गीतारानी हमालका नाममा कायम देखिन्छ र उक्त किता नम्वर २७६ वाट किताकाट नभएको नामसारी प्रक्रिया व्यक्तिको नाममा परिवर्तन नापी कार्यालयवाट नभई भूमिसुधार तथा मालपोत कार्यालय धनुषावाट हुने प्रक्रिया हो । र उक्त किता नम्वर २७६ को जग्गा प्लट रजिष्टर उतारको प्रमाणित प्रतिलिपी पठाइएको छ ।’

त्यस्तै मालपोत कार्यालय धनुषाले पनि जिल्ला प्रहरी कार्यालयलाई सोही भदौ २७ गते जवाफ फर्काएका छन् । मालपोतले फर्काएको जवाफमा भनिएको छ–‘जनकपुरधाम उप–महानगरपालिका–२ किता नम्वर १३५५–२५ को किता नम्वर २७६ को जग्गा यस कार्यालयको कम्प्युटर अभिलेखवाट खोजतलास गर्दा रेकर्ड फेला परेन भनी कम्प्युटर फाँटवाट लेखिआएकोले सो जग्गा कसैको नाममा फेला नपरेको छ ।’

तर, प्रकाशले २०७५ साउन २७ को लालपूर्जा बनाई नापी गुठी रसिद समेत लिएका छन् । सो जग्गा आफ्नो रहेको दावी गर्दै २०७९ असाढ १७ गते नापी कार्यालयमा नाप नक्सा गर्नकालागि दिएको निवेदनमा किता नम्वर २७६ को ०–२–५–३ जग्गाधनी प्रमाणपत्र पूर्जा र २०७७पुस १५ गते गुठी संस्थानमा मालपोत तिरेको रसिद समेत पेश गरेको छ । तर, मालपोत कार्यालय धनुषाले सो लालपूर्जा आफ्नो कार्यालयवाट नबनेको दावी गरेको छ । प्रकाशले सो पूर्जा किर्ते गरी गुठी संस्थानलाई समेत ढाटेको छ ।

Comment


Related News

Latest News

Trending News