अपडेट 
२०८० आश्विन १०, बुधबार १२:३२

नेपाली बजारमा आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको जनाएको छ ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख ११ हजार २५० रुपैयाँ रहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १३ सय ८५ रुपैयाँ कायम रहेको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

Comment


Related News

Latest News

Trending News