अपडेट 
२०८० आश्विन ११, बिहीबार १७:५९

जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कमिटी, कार्यकारिणी समिति, राजनीतिक समिति, संघीष परिषद्लगायतका संगठन छन् । तर हालसम्म जसपाले केन्द्रीय समितिमा पदाधिकारी चयन गर्न सकेको छैन ।

पदाधिकारी चयन गर्ने काम महाधिवेशनबाटै हुने जसपाका प्रवक्ता मनिष सुमनले बताए । उनले भने, ‘छठलगत्तै पार्टीको महाधिवेशन गर्ने तयारी छ, अब पदाधिकारी चयन गर्ने कार्य त्यही महाधिवेशनबाट हुनेछ ।’ 

महाधिवेशनले एक जना अध्यक्ष, एक जना सहअध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव, तीन जना उपमहासचिव, सात जना सचिव र एक जना कोषाध्यक्ष चयन गर्ने पार्टीको विधानमा उल्लेख छ ।

हालसम्म अध्यक्ष, संघीय परिषद् अध्यक्ष र एक जना वरिष्ठ नेतामात्र पदाधिकारीका रुपमा छन् । कार्यकारिणी समिति गठन भइसकेको छ । त्यसमा संघीय परिषद् अध्यक्ष, केन्द्रीय समिति अध्यक्ष, वरिष्ठ नेता, सहअध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, कोषाध्यक्षसहित केन्द्रीय समितिबाट निर्वाचित ११ जना सदस्य रहने प्रावधान छ ।

तर अहिलेको केन्द्रीय कार्यकारिणी समितिमा संघीय परिषद्का अध्यक्ष, पार्टी अध्यक्ष तथा वरिष्ठ नेतासहित बाँकी सबै जना केन्द्रीय सदस्य छन् ।

Comment


Related News

Latest News

Trending News