
सरकार र आन्दोलनरत राहत शिक्षकबीच सहमति भएको छ ।
आज दिउँसो शिक्षा मन्त्रालयमा बसेको बैठकमा आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो ।
यससँगै राहत शिक्षकहरुको आन्दोलन स्थगित भएको छ । संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरु आन्दोलित भएका थिए ।