
२५ वर्षदेखि बजाज कम्पनीको एउटै स्कुटर चढ्दै आएका धनुषाको लक्ष्मिनिया गाउँपालिका एक चिकित्सकलाई कम्पनीले सम्मान गरेको छ ।
सम्मानित हुनेमा सपही ४ का रामहित चौधरी रहेका छन् । शनिवार सपही समाजद्वारा आयोजित एक कार्यक्रममा बजाज कम्पनीले चौधरीलाई सम्मान गरेको छ । चौधरीले २५ वर्षदेखि बजाज कम्पनीको एम ८० मोडेलको स्कुटर चलाउँदै आएका छन् ।
चौधरीले २०५५ असोज १२ गतेका दिन ४९ हजार २ सय रुपैयाँमा उक्त स्कुटर किनेका थिए । आफ्नो कम्पनीको स्कुटर २५ वर्षदेखि चढदै आएका चौधरीलाई सिल्बर जुबिली मनाएकोमा बजाज कम्पनी जनकपुरधाम अधिकृत विक्रेता सन्तोष साहले चौधरीलाई ३२ इन्चको टेलिभिजन उपहार स्वरुप प्रदान गरेका थिए ।
कार्यक्रममा सपही गाउँका बुद्धिजीवी, नागरिक समाजका अगुवा सहित स्थानीयहरुको सहभागिता रहेको थियो ।