अपडेट 
२०८० आश्विन १४, आईतवार १०:४२

चीनको हाङझाउमा जारी १९औँ एसियन खेलकुद प्रतियोगिता (एसियाड) अन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स १९.४ ओभरमा ७४ रनमा अलआउट भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७ विकेट गुमाएर २१२ रन बनाएको थियो । माल्दिभ्सलाई पराजित गरेसँगै नेपाल  पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो। अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। 

Comment


Related News

Latest News

Trending News