अपडेट 
२०८० आश्विन १५, सोमबार ०७:४५

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष हरिप्रसाद राय अमातको निधन भएको छ ।

६५ वर्षीय राय केही समय यता पक्षघातबाट पीडित भइ थला परेका थिए । शनिबार राति उनको निवास स्थलमै निधन भएको परिवारजनले जनाएको छ । राय गत स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भइ निर्वाचित भएका थिए । उनको निधनले अपूरणीय क्षति भएको भन्दै काँग्रेस सप्तरीले शोक वक्तव्य जारी गर्दै मृत आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । यसैबीच वडाअध्यक्ष रायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै डाक्नेश्वरी नगरपालिकाले आइतबार नगर क्षेत्रमा शोक बिदा दिएको थियो ।

Comment


Related News

Latest News

Trending News