
भारतबाट अवैध रुपमा ल्याउँदै गरेको एक सय थान वाकीटाकी सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटेको टोलीले शनिबार राति छिन्नमस्ता गाउँपालिका २ मोहनपुरबाट उक्त परिमाणको वाकीटाकी बरामद गरेको छ । गस्तीमा रहेको प्रहरीलाई देख्नासाथ बोरामा प्याक गरेर टाउकोमा बोकेर वाकीटाकी ल्याउँदै गरेका एक जना व्यक्ति सामान छाडेर फरार भएको सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए । करिब ८ लाख मूल्य बराबरको उक्त वाकीटाकीलाई आइतबार आवश्यक कारबाही प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।