अपडेट 
२०८० आश्विन १६, मंगलवार ०८:१६

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा राजस्व अनुसन्धान विभागले सिरहा जिल्लाका ४ जना उपर सिरहा जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता गराएको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरीले सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर ७ का सञ्जय कुमार साह, वडा नम्बर १ का पवन कुमार यादव र अरुण यादव, वडा नम्बर १७ माडरका प्रेम कुमार यादवलाई गत भदौ १५ गते ४४ लाख नेपाली रुपैयाँ सहित नियन्त्रणमा लिएको थियो । भारतबाट चारै जनाले भारतीय नम्बरको जीप बीआर ७ सी ४२२४ मा सवार रहेका उनीहरुलाई नगदसहित नियन्त्रणमा लिएको थियो । चालक बस्ने सिटमुनी लुकाइ रहेको अवस्थामा सो रुपैयाँ बरामद गरिएको थियो । अनुसन्धानको क्रममा उनीहरुले भारतबाट पटक–पटक नेपाली रुपैयाँ नेपाल ल्याएको देखिन्छ ।

मोबाइलबाट फेला परेको विवरण अनुसार उनीहरुले १५ करोड १ लाख ८६ हजार रुपैयाँको कारोबार मोबाइल विवरणबाट खुलेको राजस्व अनुसन्धान कार्यालयले गरेको दाबीमा उल्लेख छ । भारतबाट नेपाली रुपैयाँ ल्याइए पनि त्यस वापत भारत तर्फ के समान पठाइएको त्यो भने खुल्न नसकेको विभागको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । भारतीय सीमावर्ती क्षेत्रको बजारमा नेपाली रुपैयाँमा कारोबार हुने गर्छ । सक्कली नेपाली रुपैयाँबाट भारतीय सीमा बजारमा अवैध रुपमा हुने कारोबारलाई दुबै देशले नियन्त्रण गर्न सकेको छैन् ।

भारतीय बजारमा कारोबार हुने नेपाली रुपैयाँ पुनः नेपाल भित्रिदा त्यसको स्रोत खुल्न नसकेकाले हुण्डीको रुपमा कारोबार भएको अभियोगमा नगद जफ्त र मुद्दा चलाइने गरिएको छ ।

For video News updates plz subscribe our youtube channel

Comment


Related News

Latest News

Trending News