अपडेट 
२०८० आश्विन १६, मंगलवार ०८:३९

नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न महात्मा गान्धीको ठूलो योगदान रहेको वक्ताहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा १५४ औं महात्मा गान्धी जन्मजयन्तीको अवसरमा जनकपुरधामको मुजेलियास्थित श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयद्वारा आयोजित ‘ आजको सन्दर्भमा गान्धीको विचार गोष्ठी’ कार्यक्रममा वक्ताहरुले यस्तो बताएका छन् ।

कार्यक्रममा मधेश प्रदेशका सांसद शेषनारायण यादवले नेपालको प्रजातान्त्रिक आन्दोलनमा महात्मा गान्धीको ठूलो योगदान रहेको चर्चा गर्दै गान्धीको सत्याग्रह आन्दोलनसहित विचार र सिद्धान्तले ब्रिटिश शासनबाट भारत मुक्त भए झै नेपाल पनि जहाँनिया राणा शासनबाट मुक्त भइ प्रजातन्त्र स्थापना भएको प्रसंग उल्लेख गरे । नेपालबाट निर्वासित भइ भारत पुगेका वीपी कोइराला र कृष्णप्रसाद भट्टराई लगायतका स्वतन्त्रता सेनानीहरु नेपालमा गान्धीको विचार र सिद्धान्तको बलमा प्रजातान्त्रिक आन्दोलन गरी वर्षौदेखिको जहाँनिया राणा शासनलाई अन्त्य गरी प्रजातन्त्र स्थापना गराउन सफल भएको उनले बताए । उनले गान्धीको विचार अहिले पनि सान्दर्भिक रहेकोले सबैले यसको अनुशरण गर्नुपर्नेमा जोड दिए ।

पुस्कालयका अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा समाजसेवी कृष्णचन्द्र साह वडाध्यक्ष पुण्यप्रसाद यादव लगायतका वक्ताहरुले गान्धीको योगदान बारे आ आफ्ना विचार राखेका थिए । कार्यक्रममा स्थानीय श्री जनता मावि बेल्ही र श्री माध्यमिक विद्यालय मुजेलियाका कक्षा ८ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय भएका छात्रछात्रालाई सम्मान गर्नुका साथै पुरस्कार प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News