अपडेट 
२०८० आश्विन १६, मंगलवार १५:४६

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन  केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पले थलारा गाउँपालिका–९ काे सिरेटा, फकाली, खानी, अफ्ला, चित्रु, मालुमेला, चैनपुर, छविसपाथिभेरा लगायतका ठाउँमा दर्जनभन्दा बढी घर भत्किएको जानकारी आएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

सिरेटामा मात्रै ४० वटा घर पूर्णरूपमा क्षति भएको थलारा गाउँपालिकाका कार्यपालिका सदस्य ज्ञानु नेपालीले जानकारी दिनुभयाे । भूकम्पका कारण अन्य ठाउँहरुमा समेत घरहरू भत्किएकाे स्थानीयले जानकारी दिएका छन् ।

भूकम्प गएपछि स्थानीय सडक, खुला चाैरमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चाैधरीले बताउनुभयाे । अहिले क्षतिकाे विवरण लिने काम भइरहेकाे उहाँकाे भनाइ छ ।

यसअघि दिउँसाे २ बजेर ४० मिनेटमा बझाङकाे तल्काेट केन्द्रविन्दु भएर ५ दशमलव ७ रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।

Comment


Related News

Latest News

Trending News