अपडेट 
२०८० आश्विन १७, बुधबार १३:३३

धर्मगुरु आयार्य श्रीनिवास महाराजलाई प्रहरीले पक्राउ गरेकोमा जनकपुरधामका साधुसन्तहरुले उनको रिहाईको माग गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

रामानन्दिय बैष्णव संघले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत धर्मगुरु श्रीआचार्यलाई यथासिघ्र विना सर्त रिहाई गर्न माग गर्नुका साथै त्यसो नभए सम्पूर्ण साधुसन्त र हिन्दूवादीहरुले विरोध र आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

रामानन्दिय बैष्णव संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवास आचार्यलाई रिहाई नगरेमा भोली जनकपुरधाममा र्याली निकालेर प्रहरी प्रशासन विरुद्ध आन्दोलन गर्ने जानकारी दिए ।

श्रीनिवास आचार्यले गौहत्या गर्नेहरुलाई चर्को अभिव्यक्ति दिँदै आत्मरक्षा स्वरुप खुकुरी देखाएर गौहत्या प्रति टिप्पनी मात्र दिएको भन्दै महन्थ दासले गौहत्या गर्नेलाई हाम्रो देशमा केही नगर्ने तर गौरक्षा प्रति टिप्पनी मात्र गर्नेलाई पक्राउ गर्ने प्रति घोर भत्र्सना एव निन्दा गरे ।

असोज १२ गते गौहत्या विरुद्व विश्व हिन्दु परिषद्ले निकालेको विरोध र्याली कार्यक्रममा बोल्दै धर्मगुरु श्रीनिवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए । सोही टिप्पणीहरु सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले उनलाई मंगलवार साँझ सुनसरीबाट पक्राउ गरी आज उनलाई जनकपुरधाम ल्याउन लागेको छ ।

 

Comment


Related News