अपडेट 
२०८० आश्विन १८, बिहीबार १२:३१

सुनको भाउ फेरि बढ्न थालेको छ । केही दिन लगातार घटेको सुनको भाउ हिजोदेखि फेरि बढ्न थालेको हो ।

हिजो सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको थियो भने आज फेरि चार सय रुपैयाँले बढेको हो । सुन आज तोलामा १ लाख ७ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ भने आज पनि स्थिर छ । चाँदी आज पनि तोलामा १ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News