अपडेट 
२०८० आश्विन १८, बिहीबार १२:३८

सन् २०२५ का लागि अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डीभी) का लागि आवेदन खुला भएको छ ।

काठमाडौँस्थित अमेरिकी दूतावासले नेपाली सयम अनुसार बुधबार राती ९ बजेर ४५ मिनेटपछि आवेदन खुला भएको जानकारी दिएको हो ।

आवेदन अवधि आगामी कात्तिक २१ गते नेपाली समय अनुसार राति पौने ११ बजे  बन्द हुनेछ । 

अमेरिकाले हरेक वर्ष डीभी भरेकाहरुलाई चिठ्ठामार्फत अमेरिका लैजाने गरेको छ । डीभी परेर अमेरिका जानेहरूले उतैको ग्रिनकार्ड पाउने गर्छन् ।

डीभी आवेदन https://dvprogram.state.gov/मा गएर आफै भर्न सकिने दूतावासले जनाएको छ।

Comment


Related News

Latest News

Trending News