२०८० आश्विन १८, बिहीबार १७:०८

सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

बाँकेका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले दायर गरेको रिटमा बिहीबार  न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ।

यस्तै सर्वोच्चले अर्को सुनुवाइको पेसी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ।

Comment

Related News

Latest News

Trending News