अपडेट 
२०८० आश्विन १९, शुक्रबार ०६:३९

सीमावर्ती नेपाली बजारमा भारतीय उत्पादनहरु निर्वाध रुपमा आउन थालेपछि नेपाली उत्पादन विस्थापित हुन थालेको छ ।

नेपाली उत्पादनले भारतीय उत्पादनसित प्रतिस्पर्धा गर्न नसकेको कारण विस्थापित हुने अवस्थामा पुगेको छ । बहुराष्ट्रिय उत्पादन कोकाकोलाको बजारलाई भारतीय कोकाकोलाले विस्थापित गर्न लागेको छ । भारतबाट तस्करी भएर आउने कोकाकोलालगायतका पेय पदार्थको मूल्यमा ५० प्रतिशतको फरक भएको व्यवसायीहरुले बताएका छन् ।

नेपालको चितवनमा रहेको तराई बोटलर्स नेपालले उत्पादन गरेको साढे २ सय मिलिलिटरको कोक भारतमा निर्यात हुने गरेको छ । तर त्यो कोक भारतबाट फर्केर नेपाली बजारमा आउँदा नेपाली कोकको भन्दा ५० प्रतिशत सस्तो हुने गरेको व्यवसायीहरुले बताएका छन् ।

कोकको जनकपुरधामका अधिकृत बिक्रेता कोशल साहले भारतबाट चोर बाटो हुँदै आउने गरेको कोकाकोलाको उत्पादनसित प्रतिस्पर्धा गर्न कठिन भएको बताए ।४४ वर्षदेखि कोकाकोलाको अधिकृत विक्रेता रहेका साहले स्वयं नै डिलरसिप छाडेको बताएका छन् । ‘नेपालमा उत्पादन भएर भारतमा बिक्रीका लागि जाने साढे २ सय एमएलको कोक सीमाबाट फेरि फर्केर नेपाल आउँदा ५० प्रतिशत सस्तो मूल्यमा उपलब्ध छ ’ उनले भने, नेपालबाट भारत गएर फेरि फर्केर नेपाल आउँदा ५० प्रतिशत सस्तोमा त्यो कोक पाइन्छ ।

कोक मात्र नभइ माजा, सलाइस लगायतका अनेकौ पेय पदार्थ भारतबाट निर्वाध रुपमा आउने गरेकाले नेपाली उत्पादनहरुको बिक्री घटेको छ । नेपाल सरकारको नीति नियम अनुसार कारोबार गर्न चाहने अधिकांश व्यवसायीहरु पसल बन्द गर्नुपर्ने अवस्थामा पुगेको किराना व्यवसायी कैलाशले बताए । ‘नेपालमा सरकारले विभिन्न करहरु बढाएपछि मालवस्तुहरुको मूल्य अकासिएको छ ’ उनले भने, भारतबाट तस्करी भएर आउने मालसमानको मूल्य धेरै सस्तो भएकाले २ नम्बर व्यापार गर्नेहरु बाहेकलाई टिक्न कठिन छ ।

तस्करीलाई नियन्त्रण गर्न जनकपुरधाम उद्योग वाणिज्य संघले सम्बद्ध निकायहरुलाई गुहार्दै आएको छ ।‘सुरक्षा निकाय र भन्सार कार्यालयलाई तस्करी रोक्न पटक–पटक ध्यानाकर्षण गराएका छौ’ जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिषरमण साहले भने, अपेक्षित सुधार हुन नसक्दा नेपाली उत्पादन बिक्री गर्ने व्यवसायीहरु मारमा परेका छन् ।तस्करीले सीमा क्षेत्रको नेपाली बजार धराशायी भएको उनले बताए । हुन त अहिले भारतको भन्दा नेपालमा प्लाइउड अत्यन्त सस्तो भएकाले निर्यात हुन थालेको छ । वैध र अवैध दुबै ढंगले नेपाली प्लाई भारतीय बजारमा जाने गरेको छ । तर त्यसको अनुपातमा भारतबाट चोरी पैठारी भएर आउने मालसमानहरुका बिक्रेतासित रितपूर्वकको व्यवसाय गर्नेहरुलाई कठिन भएको वरिष्ठ उपाध्यक्ष साहले स्वीकारे । खुल्ला सीमा र सीमावर्ती क्षेत्रमा दुबै मुद्राको चलनचल्तीले तस्करका लागि सहज भएको बताइन्छ ।

भारतीय सामान सस्तो भए पनि सीमावर्ती क्षेत्रमा नेपाली रुपैयाँ बलियो बनेको छ । घरायशी प्रयोजनका लागि सामान ल्याउँदा सुरक्षाकर्मीहरुले आँखा चिम्लिने गरेको बताइन्छ । तर प्रहरी तथ्यांक अनुसार गत आर्थिक वर्षको तुलनामा भदौ महिनासम्म तस्करीका सामानहरु बढी बरामद भएको छ । भारतीय बजारमा कारोबार हुने नेपाली रुपैयाँ फेरि नेपाल फर्किदा अवैध हुने गरेको र त्यस्ता रुपैयाँ पटक–पटक बरामद भए पनि नेपाल भित्रिने क्रम रोकिएको छैन् ।

Comment


Related News

Latest News

Trending News