अपडेट 
२०८० आश्विन १९, शुक्रबार ०७:५९

जनकपुरधामकी आरती साह मृत्यु प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पति र ससुरा उच्च अदालत जनकपुरको आदेशम रिहा भएका छन् । उच्च अदालत जनकपुरको आदेशमा पति मोतिबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडी साधारण तारेखमा रिहा भएका हुन् ।

मुख्य न्यायाधीश शारदा सुवेदी र किरणकुमार पोखरेलको संयुक्त इजलासले पति र ससुरालाई साधारण तारेखमा छोड्ने आदेश दिएको अदालतका श्रेस्तेदार खडगराज अधिकारीले जानकारी दिए ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोकमा मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु साह र ससुरा मदन मोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

दुबैजनामाथि असार १ गते जिल्ला अदालत धनुषामा कर्तव्यज्यान मुद्दा सरकारी वकिलको कार्यालयले दर्ता गराएको थियो । त्यही मुद्दामा असार ५ गते जिल्ला अदालत धनुषाले पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

मृतक आरतीकी बुबाले विनोद साहले दिएको जाहेरीमा पति मोतिबाबु र ससुरा मदन मोहनले कर्तव्यज्यान गरेको भन्ने कुरामा आधार प्रमाण नदेखिएको उच्च अदालतको ठहर छ । अदालत समक्ष पति र ससुराले आरोप इन्कार गरेको आदेशमा उल्लेख छ ।

उच्च अदालतले धनुषा जिल्ला अदालतबाट भएको आदेश बदर गरेको छ ।

Comment


Related News

Latest News

Trending News