अपडेट 
२०८० आश्विन १९, शुक्रबार ११:२३

आन्दोलनरत स्थानीय तहका कर्मचारीले शुक्रबार (आज)देखि ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेक सम्पूर्ण काम ठप्प पार्ने भएका छन् ।

सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका उनीहरूले सरकारले  मागमा कुनै सुनुवाइ नगरेको भन्दै आजदेखि स्थानीय तहमा अत्यावश्यक बाहेक सम्पूर्ण काम ठप्प पार्ने भएका हुन्। संघर्ष समितिका संयोजक दीपक गौतमले सेवा बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा आउन आग्रह गरेका छन्।

आन्दोलनको पाँचौ दिन आज पनि दिउँसो १२ बजेदेखि काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध र्‍याली निकाल्ने संघर्ष समितिका संयोजक गौतमले जानकारी दिए।

कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने माग राखेका छन्।

Comment


Related News

Latest News

Trending News