अपडेट 
२०८० आश्विन १९, शुक्रबार १४:०८

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक संघीयताविरोधी रहेको बताएका छन्।

शुक्रबार संसद्‌ बैठकमा बोल्दै उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँग माग गरे।

अध्यक्ष राउतले सो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। उनले सो विधेयकमा सरकारले विद्यार्थी र अभिभावकहरुको सरोकारलाई सम्बोधन गर्नुपर्ने पनि बताए।

अध्यक्ष राउतले भने, ‘यो शिक्षा विधेयक जसको लागि ल्याइएको हो। जसको प्रयोजनको लागि ल्याइएको हो। त्यो नै स्पष्ट नभएको, त्यसको नै पर्याप्त छलफल नभएको, त्यसलाई नै पर्याप्त सम्बोधन नगरेको जस्तो यहाँ देखिन्छ। त्यही भएर यहाँ शिक्षकहरुले पनि आन्दोलन गरे। आफ्नो तलव, सेवा, सुविधा वृद्धिका लागि यहाँ सम्झौता गरियो। निजी विद्यालयहरुले पनि यहाँ आन्दोलन गरे। आफ्नो माग पूरा गरे। तर गरिव विद्यार्थीहरुका लागि चाहीँ कसले बोलिदिने ? आम विद्यार्थीहरुका लागि चाँही कसले बोलिदिने ? त्यो चाँही यहाँ नभएको हुनाले म बोल्न बाध्य भएको हुँ। र, सरकारको ध्यानाकर्षण गराउन बाध्य भएको हो। र, खासगरी शिक्षा विधेयक हामी जुन प्रयोजनका लागि ल्याउँदैछौं। त्यो सरोकारवाला विद्यार्थी, अभिभावकहरुलाई समेटेर तिनका सरोकारलाई सम्बोधन गर्नका निम्ति अनुरोध गर्न चाहन्छु।’

अध्यक्ष राउतले सो विधेयक संकिर्णवादी सोचका साथ आएको पनि दोहोर्‍याए।

Comment


Related News

Latest News

Trending News