अपडेट 
२०८० आश्विन २०, शनिबार ०८:४७

सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारि वारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको शुक्रबार (दोस्रो तथा मुख्य दिन) बिहान ५ बजेदेखि कठोर निर्जला उपवासको क्रम सुरु भएको छ ।

शुक्रबार बिहान ४ बजे भगवान जितवाहनलाई दही, चिउरा, सख्खर, अमोट मिलाएर बनाइएको प्रसाद अर्पण गर्दै सोही प्रसादसँगै दही, चिउरा, सख्खर, चिनी, केरा, स्याउलगायत ओंगठन गरी व्रती महिलाहरुले बिहान ५ बजेदेखि आउँदो ३०÷३१ घण्टाका लागि निर्जला एवं निर ाहार उपवासमा बसेकी छन् । जितिया पर्वका अवसर मा पहिलो दिन (बिहीबार) नहाय खाय (नुहाएर खानु) भन्ने मान्यताअनुसार व्रत सुरु भएको थियो भने निर्जला र निराहार उपवास क्रम शुक्रबार बिहान ५ बजेबाट सुरु भएको छ ।

व्रत बस्नुअघि बिहीबार व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाइ परिवारका सबै सदस्यलाई खुवाएर आफूले पनि खाएका थिए । त्यसैगरी शुक्रबार (शुक्रबार) बिहान ५ बजेदेखि निराहार एवं निर्जला व्रत बसी आज (शनिबार) बिहान साढे १० बजेपछि मात्रै व्रत सम्पन्न गर्ने पण्डित गणेश झाले बताए ।

व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, सख्खर र तोरीको तेलसहितका पदार्थ चढाएका थिए भने देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाएका थिए । आश्विन कृष्ण पक्षको अष्टमीका दिन मनाइने यो व्रत कठोर खालको रहेको पण्डित झाले बताए । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व छ । जितिया व्रतलाई पवित्र व्रतको रूपमा लिइन्छ ।

उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खड् जितिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रती शुक्रबारी व्रत बस्न पाउँदिनन् । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातजानै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकीले पौराणिक कालदेखि यो व्रत सुरु भएको कथन छ । जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइने हुँदा प्राय महिलाले यो व्रत लिँदैनन् तर मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले यो व्रत लिने गर्दछन्

Comment


Related News