अपडेट 
२०८० आश्विन २०, शनिबार ०८:५१

शुक्रबार बिहान वीरगञ्जमा एक महिलाको हत्या भएको छ ।

पर्सामा दुइ हप्ता अगाडि भएको हत्याको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा महिलाको हत्या भएको छ । धारिलो हतियारले प्रहार गरी छपकैयाकी पुनम देवीको हत्या भएको प्रहरी स्रोतलेजनाएको छ । टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी पुनमको उपचारका लागि नेशनल मेडिकल कलेज पुर्याइएकोमा उनको अत्यधिक रक्तश्रावको कारण मृत्यू भएको जनाइएको छ ।

स्रोतका अनुसार घटना स्थलमा प्रहरी जाँदा उनी अचेत अवस्थामा थिइन् । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन् । पुनम देवीको श्रीमान भारतको ग्वालियरमा छन् । उनको एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा पढाइको सिलसिलामा भार तकै दिल्लीमा छन् । घटनाबारे प्रहर ीलाई बिहान ४ बजे जानकारी गराइएको थियो ।

जितिया पर्वका लागि बिहानै उनको घरमा पुगेकी बहिनीले दिदीलाई अचेत अवस्थामा बेडमा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेको थियो ।

यता प्रहरीले पुनम देवी हत्या प्रकरणमा एकजनालाई नियन्त्रणमा लिएको छ । हत्याको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोधपुछका लागि एक जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । पर्सा प्रहरी नियन्त्रणमा रहेका युवकसंग सोधपुछ चलिरहेको र आरोप पुष्टि भइ नसकेकोले नाम गोप्य राखिएको प्रहरी स्रोत जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका ती युवक मृतक पुनमको छिमेकी नै रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा राखि उनीमाथि अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।

Comment


Related News

Latest News

Trending News