अपडेट 
२०८० आश्विन २०, शनिबार ०८:५५

गौरमा रहेको बहुचर्चित एवं सबैको ध्यानाकर्षण भएको ठाउँ गौर राइस मिलको जग्गा अहिलेसम्म अधिग्रहण भएको छैन । लामो समयदेखि राइस मिल एवं फ्लोर उद्योगको नाउँ रहेको करीब ६ बिघा जग्गा गौर नगरपालिकाको नाउमा अधिग्रहण गराउने प्रयास गरिए पनि अहिलेसम्म सफलता मिलेका छैन ।

गौरको बीच भागमा रहेको सो जग्गा खेलकुद तथा सभा सेमिनारको लागि सार्वजानिक गरिनु पर्ने उदेश्यले अधिग्रहणको प्रक्रिया अगाडि बढाइए पनि अधिग्रहण हुन सकिएको छैन । मधेश आन्दोलनको बेला तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र नेकपा माओवादीको कार्यकर्ता बीच झडप भएपछि गौर राइस मिल बढी चर्चामा आएको थियो ।

भू माफियाको समूहले राइस मिलको जग्गा विक्री गर्ने चलखेल शुरू गरेपछि गौर नगर पालिकाका तत्कालीन नगर प्रमुख अजय कुमार गुप्ताले जग्गा अधिग्रहणका प्रक्रिया अगाडि बढाएका थिए । मूल्यांकन अनुसार १६ करोड़ अनुमान गरिएको सो राइस मिलको जग्गा अधिग्रहणको लागि नगर पालिकाले ९० लाख रकम तथा तत्कालीन मुख्यमन्त्री मो. लालबाबु राउत गद्दी नेतृत्वको मधेश प्रदेश सरकारले रेड बुकमा १५ करोड़ रुपैयाँ विनियोजन गरेको भए पनि राइस मिलको जग्गा अधिग्रहण हुन सकेन ।

तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालले बिना मुआब्जाको जग्गा अधिग्रहण गर्ने मन्त्रीपरिषदबाट गरेको निर्णयप्रति राइस मिलका सचिवको रुपमा रहेका बैकुंठ पौडेलले सर्वोच्च अदालतमा रिट दायर गर्दा मन्त्रीपरिषदको निर्णय खारेज गरिएदेखि राइस मिलको जग्गा अलपत्र अवस्थामा नै रहेको छ । जग्गा अधिग्रहणमा ढिलाइ हुँदा मिलको जग्गा अतिक्रमणमा पर्दे गएको छ ।

जग्गाको साध संधियारले जग्गा अतिक्रमण गरिर हँदा पनि कसैले रेखदेखमा ध्यान नदिएको स्थानीयहरुले बताएका छन । दोस्रो स्थानीय तहको निर्वाचनमा नगर प्रमुखका उम्मीदवार भएकाहरुले आफ्नो चुनावी मुद्दा नै राइस मिलको जग्गा अधिग्रहण बनाएको थियो । नगर प्रमुखमा निर्वाचित भएका शम्भु साहको प्रमुख मुद्दा राइस मिलको अधिग्रहण नै रहेकोले निर्वाचित भएको डेढ वर्ष बितिसक्दा पनि केही हुन सकेको छैन ।

प्रदेश सरकारले राइस मिलको अधिग्रहणको लागि १५ करोड़ छुट्याए पनि अधिग्रहण हुने या नहुने भन्ने विषयमा अनिश्चितता नै रहेको छ । प्रदेश सरकारले बिना कुनै स्वार्थले छुट्याइएको रकम जिल्ला प्रशासन कार्यालयमा पठाएमा जग्गा अधिग्रहणको आशाको सञ्चार हुन सक्छ । बाजारको बीच भागमा जग्गा रहेकोले दैवी प्रकोप आएको बेला सुरक्षित स्थानको रुपमा लिनुको साथै खेलकुदको लागि पनि उपयोगी रहेको छ । अधिग्रहणमा ढिलाइ भए पनि भइरहेको अतिक्रमणबाट जोगाउने तर्फ गौर नगरपालिकाले ध्यान दिन जरुरी रहेको छ ।

Comment


Related News