अपडेट 
२०८० आश्विन २२, सोमबार ०७:४९

जनकपुरधामस्थित प्रादेशिक प्रयोगशालामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

प्रयोगशालामा वितीय अनुशासनका लागि प्रयोगशालाको प्राङ्गणमा बैंकले आइतबारदेखि एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । प्रादेशिक प्रयोगशालाका प्रमुख डा. श्रवण कुमार मिश्र र बैंककी मधेश प्रदेश प्रमुख रिना चन्दले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए । एक्सटेन्सन काउन्टरको विस्तारले प्रयोगशालाको सबै सेवाको आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले बिरामीलाई सहज हुने विश्वास गरिएको छ ।

बैंकका जनकपुरधाम शाखा प्रवन्धक गलेक कुमार यादवले वितीय अनुशासन र आर्थिक कार्यसम्पादन सहजताका साथै ग्राहकहरुको समेत सहजता र शुलभतालाई ध्यानमा राखेर सेवा विस्तार गरिएको बताए । एक्सटेन्सन काउन्टरमार्फत सेवा र सञ्जाल विस्तार गर्ने बैंकको नीति अनुरुप बैंकले यसअघि प्रादेशिक अस्पताल, मालपोल कार्यालय धनुषासहित विभिन्न स्थानहरुमा एक्सटेन्सन काउन्टर विस्तार गरिसकेको छ । यस संगै मेगा बैंकको हाल देशभर २६० वटा शाखा र ६३ वटा एक्सटेन्सन काउन्टर रहेको छ ।

Comment


Related News

Latest News

Trending News