
इजरेलमा रहेका १० नेपालीको मृत्यु पुष्टि भएको छ। इजरायलमा हमासले आक्रमण परी १० जनाको मृत्यु भएको हो । तीन जना घाइते भएका छन् । इजरायली अधिकारीहरूका अनुसार यो आक्रमणमा परी मारिनेको सङ्ख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।
आक्रमणमा नेपालीहरू पनि परेका थिए । उनीहरूमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् ।
मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।
सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।