अपडेट 
२०८० आश्विन २३, मंगलवार ०६:५७

मधेश प्रदेशस्तरीय बालिका तथा समावेशी शिक्षा संजालको योजना तर्जुमा बैठक सोमबार जनकपुरधाममा सम्पन्न भएको छ ।

गर्लस् एजुकेशन च्यालेन्ज र युके एडको सहयोग तथा पिपुल इन निड, आसमान नेपालको समन्वयमा शिक्षा तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको बैठकमा सरोकारबालाहरुले शिक्षा क्षेत्रको सुधार गर्ने पक्षमा लाग्नुपर्नेमा जोड दिए । शिक्षा तथा समाज कल्याण मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भटट्राईले मधेश प्रदेशमा अभैm पनि २० हजार बालबालिका विद्यालय बाहिर रहेको जिकिर गर्दै उनीहरुलाई विद्यालय भर्ना गराउन सबैले हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

सरकारी र गैरसरकारी निकायबाट हालसम्म भएको प्रयास बगरमा पानी खन्याएको सरह भएको छ, उनले भने–घोषणाभन्दा कार्यान्वयन पक्षमा जोड दिनुपर्छ । मंचमा उभेर धेरै भनिएपनि काम भने केही भएको छैन् । सातै प्रदेशमा शिक्षामा कमजोर मधेश प्रदेशको शिक्षाको अवस्था सुधार्नको लागि घोषणा भन्दा कार्यान्वयनतर्पm ध्यान दिनुपर्नेमा उनले जोड दिए । समय समयमा मन्त्रालय फुटाउँदा काम गर्न असहज भएको सचिव भटट्राईले स्वीकारे ।

गत वर्ष सामाजिक विकास मन्त्रालय फुटाए पनि काम गर्ने जिम्मेवारी जेठ महिनामा पाएको थिए, उनले भने–यस वर्ष काम अघि बढाउने तयारीमा लागेको बेला फेरी मन्त्रालय फुटाइएको छ । यसले लक्ष्य अनुसार काम अघि बढाउन समस्या भएको सचिव भटट्राईले बताए । प्रदेशमा शिक्षाको अवस्था सुधार्न सबै सरोकारबाला निकायले हातेमालो गरेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाई थियो ।

Comment


Related News