
रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ५ मा रहेको जनता नमुना माध्यमिक विद्यालय राजनीतिक दलको चपेटामा परेको छ ।
शिक्षक सरुवाको विषय लिएर राजनीतिक दल नेकपा एमालेका नेताको इशारामा विद्यालयमा तालाबन्दी गरिएपछि विद्यालय राजनीतिक दलको शिकार भएको छ । विद्यालयमा कार्यरत रहेका प्रधानाध्यापक विजयकान्त मिश्रको अवकाश भएपछि उदय प्रकाश जायसवाललाई प्रधानाध्यापकमा नियुक्त गरिएपछि विद्यालयमा तालाबन्दी गरिएको छ ।
सोमबार स्थानीय अभिभावकले गरेको पत्रकार सम्मलेनमा राजनीतिक दलका कारण विद्यालयमा तालाबन्दी गरिएको बताएका छन । अवकाश प्राप्त गरेका प्रधानाध्यापक विजय कान्त मिश्रको नातेदार पर्ने इन्द्रदेव मिश्रलाई प्रधानाध्यापक बनाउनुपर्ने माग राख्दै केही विद्यार्थीहरुले विद्यालयमा असोज ७ गते देखि तालाबन्दी गरेको छ । विद्यालयमा तालाबन्दी गरेपछि १६ सय विद्यार्थीको पठन पाठन प्रभावित समेत भएको छ । पूर्व प्रअ मिश्र नेकपा एमालेका संघीय सांसद किरण साहको समर्थक रहेको बुझिएको छ ।
इन्द्रदेव मिश्र पूर्व प्रअको नातेदार भएकोले इन्द्रदेव मिश्रलाई नै विद्यालयको प्रअ बनाउनु पर्ने केही विद्यार्थीहरुको माग रहेको छ । पत्रकार सम्मलेनमा स्थानीय अभिभावक राजन साहले विद्यालय शान्तिपूर्ण क्षेत्र भएकोले बाधा अवरोध उत्पन्न गर्नु निन्दनीय भएको बताए । उनले शिक्षालाई प्राथमिकतामा राखेको भनेर प्रचार प्रसार गर्ने नेताले आफ्नो व्यक्तिगत स्वार्थका लागि विद्यालयमा तालाबन्दी गराउनु विद्यार्थीको भविष्यसंग खेलवाड गर्नु नै रहेको बताए । राजपुर फरहदवाका पूर्व मन्त्री महमद आफताव आलम र वर्तमान प्रतिनिधि सभा सदस्य किरण साहको जन्मभूमि रहेको छ ।
राजपुर नगरपालिकाका नगर प्रमुखमा पूर्व मन्त्री आलमको छोरा डाक्टर राजिक आलम निर्वाचित भएका छन् । २०८० भदौ १४ गत्तेमा विजय कान्त मिश्रले अनिवार्य अवकाश प्राप्त गरेपछि नगर शिक्षा समितिले विद्यालयमा कार्यरत रहेका शिक्षक उदय प्रकाश जायसवाललाई प्रधानाध्यापकको जिम्मेवारी दिएका छन् । विद्यालयमा कार्यरत शिक्षक इन्द्रदेव मिश्र शिक्षा विकास समन्वय इकाइको सहयोगमा वडा नम्बर ९ बैरिया स्थित माध्यमिक विद्यालयमा सरुवा भएको विषयलाई लिएर विद्यालयमा तालाबन्दी गरिएको स्थानीय अभिभावक शिवराज साहले बताए ।
काज सरुवा भएको शिक्षकको सट्टामा अर्को शिक्षक पदस्थापन गरिए पनि राजनीतिक स्वार्थको लागि विद्यार्थीको भविष्यसँगै खेलवाड गर्ने कार्य भइरहेको स्थानीय अभिभावक राम एकवाल साहले बताए । उनले विद्यालयमा गरिएको तालाबन्दी छिटै खोल्नु पर्ने माग समेत गरे । स्थानीय रवीन्द्र साहले शिक्षा जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक हस्तक्षेप राम्रो नहुने बताउँदै लगाइएको ताला बिना कुनै शर्त खोल्नुपर्ने धारणा राखे । पूर्व प्रधानाध्यापक नागेन्द्र प्रसाद साह कानुले विद्यालयमा राजनीतिक हस्तक्षेप कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै उत्पन्न भएको समस्याको छिटै समाधान गर्न स्थानीय सरकार संग आग्रह गरे ।
विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीको भविष्यलाई अन्धकारमा राख्ने गरी कार्य गर्ने सांसद किरण साहको कार्यप्रति स्थानीयहरुले आक्रोश व्यक्त गर्दै दिएको मत खेर गएको गुनासो गरे । किरण साह नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको विद्यालयमा अहिलेसम्म १३ वर्ष बितिसक्दा पनि व्यवस्थापन समितिको गठन गर्न सकिएको छैन । १६ सय विद्यार्थी भएको उक्त विद्यालयको अवस्था जर्जर रहेको छ । विद्यालयमा विषयगत शिक्षकको अभाव समेत रहेको प्रधानाध्यापक जायसवालले बताए ।
विद्यालयमा उच्च शिक्षामा १ जना, माविमा १ जना, निमाविमा १ जना, प्राविमा ५ जना, राहतमा ३ जना, बाल विकासमा १ जना, बाल विकास सहयोगीमा १ जना, नगर शिक्षक ३ जना कार्यरत रहेका छन् । राजनीतिक स्वार्थको लागि विद्यालयमा गरिएको केही गैर विद्यार्थीको सहयोगमा लगाइएको ताला खोलिएन भने आन्दोलन गर्ने अभिभावकहरुले चेतावनी समेत दिएका छन । विद्