अपडेट 
२०८० आश्विन २३, मंगलवार १३:५१

नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेश प्रदेशमा सुशासन कायम गर्न एमालेले अब भूमिका खेल्ने बताएका छन् ।

एमाले मधेश प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिन जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले मधेशमा सुशासन र सामाजिक न्याय कायम गर्न मधेशको स्वाभिमान माथि उठाउनु पर्ने धारणा राखेका छन् । उनले मधेशको स्वाभिमान र समृद्धिका लागि एमालेको सरकार आवश्यक हुने भएकोले अब मधेश प्रदेशको मुख्यमन्त्री देखि वडा अध्यक्षसम्ममा एमाले चाहिने बताए । उनले यही अवधारणा अबको अधिवेशनमा अगाडि सार्दै काम गर्ने योजना रहेको बताए । सचिव भट्टराईले एमालेले स्थानीय चुनावदेखि प्रतिनिधिसभाको चुनावसम्ममा बहुमत ल्याउने उद्देश्यले ६६,२०० जना आफ्नो पार्टी सदस्यहरुलाई यस अधिवेसनमा कुनै न कुनै हिसाबले सहभागिता गराएको जनाए ।

असोज २४ (भोली) र २५ गते (पर्सी) जनकपुरधाममा हुने नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने उनले जानकारी दिए । अधिवशन सम्पूर्ण तयारी भइसकेकोले उत्साहपूर्वक सम्पन्न हुने उनले विश्वास व्यक्त गरे ।

Comment


Related News

Latest News

Trending News