अपडेट 
२०८० आश्विन २३, मंगलवार १४:१७

सर्लाहीको हरिपुरस्थित जंगलमा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक बालकको ज्यान गएको छ भने अर्का एक जना  घाइते भएका छन् ।

रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–२ घर भइ हाल हरिवन नगरपालिका–७ ताइवान टोल बस्ने १४ वर्षीय शिवप्रसाद दाहालको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

हरिवन नगरपालिका–१० बस्ने ५१ वर्षीय छविलाल काफ्लेसँगै दाहाल मंगलबार बिहान ८ बजे गाईवस्तुका लागि घाँस लिन हरिपुर नगरपालिका–१ स्थित जानकीनगर जंगलमा पसेका थिए । त्यहाँ उनको जंगली हात्तीसँग जम्काभेट भएको थियो । जंगलमै आमनेसामने भएका दाहाललाई हात्तीले लछारपछार पारेपछि उनको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियारले जानकारी दिए ।

दाहालसँगै जंगल पुगेका काफ्ले भने सख्त घाइते भएका छन् । खुट्टामा चोट लागेका काफ्लेको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ ।

Comment


Related News