अपडेट 
२०८० आश्विन २५, बिहीबार ०७:३१

बुधबारदेखि जनकपुरधाममा टिभिएस मोटरसाइकलको ‘च्याम्पियन्स एक्सचेन्ज’ मेला शुरु भएको छ ।

जनकपुरधामको भमरपुरा चोकस्थित टिभिएस शो रुमको अधिकृत विक्रेता आर्यन अटोमोबाइल्सद्वारा जनकपुरधामको बारबिघामा एक्स्चेन्ज मेला शुरु भएको छ । असोज ३० गतेसम्म संचालन हुने सो एक्सचेन्ज मेलाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहले बुधबार उद्घाटन गर्दै टिभिएस कम्पनीको मोटरसाइकल निकै नै टिकाउ र भरपर्दो विश्वासिलो रहेको कारण भारतमा मात्र नभइ नेपालमासमेत पहिलो नम्बरमा रहेको बताए । उनले भने लामो समयदेखि टिभिएस मोटरसाइकलले ग्राहकवर्गमा राम्रो छाप छोडनुको प्रमुख कारण नै अन्य मोटरसाइकलको तुलनामा टिकाउ हुनु हो ।

दशैं तिहार लगायतका पर्वमा टिभिएसले ल्याएको ‘हर मोडमा उमंग’ अफर अन्तर्गतका सम्पूर्ण छुटसहित अन्य विशेष छुट र उपहारसहितको सुविधा एक्स्चेन्ज मेलामा ग्राहकको लागि राखिएको सेल्स रिजनल मैनेजर देवेन्द्र ढुंगानाले जानकारी दिए । जुनसुकै कम्पनीको मोटरसाइकल र स्कूटरको एक्सचेन्जमा कम्पनीले एक्चेन्जमा विशेष छुटसहित रु. १० हजारसम्म थप भ्यालुएशन तथा शून्य प्रतिशत ब्याजदर र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटरलाई ग्राहकलाई उपलब्ध गराउने सहित हरेक महिना सयप्रतिशत क्यासब्याक अफर रहेको समेत जानकारी दिए ।

टिभिएस खरिदमा ग्राहकले १० लाख रुपैयाँसम्म जित्ने मौका प्राप्त गर्न सक्ने जनकपुरधामका टिभिएसका अधिकृत विक्रेता आर्यन अटोमोबाइल्सका संचालक रामबालक महतोले जानकारी दिए । योजना अन्तर्गत नकिन्दै एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख रुपैयाँसम्म जित्ने मौका रहेको छ ।

Comment


Related News

Latest News

Trending News