अपडेट 
२०८० आश्विन २५, बिहीबार ०७:४०

जनता समाजवादी पार्टी (जसपा)का जनकपुरधाम उप–महानगरको अध्यक्षमा दिगम्बर साहलाई चयन गरिएको छ ।

जसपाका राजनीतिक समिति सदस्य एवम् जनकपुरधाम उपमहानगरपालिकाको कार्यदलका संयोजक लाल किशोर साहको अध्यक्षता एवम् नगर कार्यदलका नेताहरुको उपस्थितिमा साहको नेतृत्वमा नगर समिति गठन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा रामचन्द्र पञ्जियार, पुण्यप्रताप यादव र विनोद पासमानलाई चयन गरिएको छ ।

त्यस्तै सचिवमा मनोजकुमार साह र सह–सचिवमा सीता राय, फिरोज राइन र प्रमोद साह रहेका छन् । त्यस्तै कोषाध्यक्षमा किरण दासलाई चयन गरिएको छ । समिति गठन प्रक्रियामा कार्यदलका सदस्यहरु उर्मिला देवी महतो, ज्ञानेन्द्रकुमार यादव, रामो महरा लगायतका उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News