अपडेट 
२०८० आश्विन २५, बिहीबार १०:०८

भारतको बिहारमा रेल दुर्घटना भएको छ ।

गएराति भएको दुर्घटनामा एक बालिकासहित चार जनाको ज्यान गएको बिहार प्रहरीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुर्घटनामा एक सय यात्रु घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल दुर्घटना भएको हो । रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् ।

Comment


Related News

Latest News

Trending News