अपडेट 
२०८० आश्विन २६, शुक्रबार ०८:०९

नेकपा एमाले मधेश प्रदेशको नेतृत्वमा सर्वसम्मति हुन नसकेपछि चुनावी प्रक्रिया शुक्रबार सुरु हुने भएको छ ।

राति साढे ८ बजे चुनावका लागि मनोनयनको कार्यक्रम सार्वजनिक गरिएको थियो । तर मधेश प्रदेश समितिका सचिव कृष्ण पौडेलको निधनका कारण कार्यक्रम स्थगित भएको बताइएको छ । पौडेल आफ्नै घरमा मृत फेला परेका छन् । उनको मृत्युको कारण खुलेको छैन् । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनको मृत्युमा दुःख व्यक्तगर्दै परिवारजनप्रति सम्वेदना प्रकट गरेका छन् । पौडेल केही समयदेखि डिप्रेशनमा थिए । उनी जितपुर सिमरा उपमहानगरपालिकाका पूर्व मेयर थिए ।

प्रदेश सचिवालयका अनुसार पौडेलको निधनका कारण प्रदेश समितिको चुनाव प्रक्रिया लगायतका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको छ । प्रदेश नेतृत्वमा सर्वसम्मति गर्न बिहीबार दिनभरि नै प्रयास भए पनि त्यो सफल हुन सकेन् । भित्र सहमतिको प्रयास भइरहे पनि बाहिर चुनावको तयारीमा नेताहरु जुटेका थिए । सिरहाका चन्देश्वर मण्डललाई अध्यक्षमा सर्वसम्मत गर्न एमालेका पुराना नेता एवं पूर्व मन्त्री लिलानाथ श्रेष्ठको प्रयास असफल भएपछि चुनाव हुने निश्चित भएको छ ।

चुनावका लागि एमालेका सचिव रघुवीर महासेठले अध्यक्षमा पर्सा जिल्लाका बिचारी यादवलाई अगाडि सार्ने तयारी गरेका छन् । औपचारिक रुपमा यादवको नाम सार्वजनिक नगरिए पनि महासेठ समूहले उनकै नेतृत्वमा प्यानलको तयारी गरेको छ । तर सो समूहले अध्यक्षमा सर्लाहीका राज कुमार साहको नाम पनि अध्यक्ष उम्मेदवारबाट पूर्ण रुपमा हटाएको छैन् । महासेठ निकट स्रोतहरुका अनुसार यादव नै अध्यक्ष पदका लागि पक्का उम्मेदवार छन् ।

सुमन प्याकुरेल, लिलानाथ श्रेष्ठ, सरोज यादव लगायतको समूहबाट राजकिशोर यादवले अध्यक्षमा उम्मेदवारी दिने सम्भावना बढेको छ । मण्डललाई सर्वसम्मत नगरिएपछि सो समूहले यादवलाई अगाडि सार्ने आन्तरिक तयारी गरिसकेको छ । चुनावको प्रक्रिया बिहानैबाट सुरु हुने बताइए पनि पौडेलको दाहसंस्कारमा केही नेताहरु जान सक्ने भएकाले निर्वाचन प्रक्रियामा ढिलाइ हुन सक्ने सम्भावना छ ।

Comment


Related News

Latest News

Trending News