अपडेट 
२०८० आश्विन २६, शुक्रबार १५:२६

मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परियाेजनाअन्तर्गत बन्ने प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे छ ।

एमसीए नेपालले आज शुक्रवार एक सूचना जारी गर्दै एमसीसी परियाेजनाअन्तर्गत बन्ने तीन वटा प्रसारण लाइनकाे ठेक्का रद्द भएकाे जानकारी दिएकाे हाे । सबै बोलपत्रहरू अनुमानित लागतकाे तुलनामा धेरै बढी भएको कारणले ठेक्का रद्द गरिएकाे हाे । अब प्रसारण लाइन परियाेजनाको नयाँ ठेक्का खुलाउने छ ।

अनुमानित लागतभन्दा न्यूनतम लागत नै ६१ प्रतिशत महँगो हुने गरी टेन्डर परेकाे थियाे । एमसीए नेपालले प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख डलरको अनुमानित लागत निकालेको थियो । तर न्यूनतम बोलपत्रको रकम ३६ करोड ५९ लाख डलर पुगेको थियो ।

प्रसारण लाइन निर्माणका लागि तीन वटा चरणमा विभाजन गरेर गएकाे जेठ ८ गते ठेक्का आह्वान भएकाे थियाे । एमसीसी परियाेजनाअन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौँडा १ सय १७ किमी, रातमाटे–नयाँ दमौली ९० किमी र नयाँ दमौली–नयाँ बुटवल– भारतीय सीमासम्म १ सय ८ किलोमिटर लामाे प्रसारण लाइन बनाइने छ ।

Comment


Related News

Latest News

Trending News