अपडेट 
२०८० आश्विन २७, शनिबार ०७:१६

शान्ति पुनस्र्थापना गृह (पीआरसी) शाखा कार्यालय जनकपुरधाम धनुषाले आफ्नो वार्षिक सामाजिक लेखा परिक्षण सार्वजनिक गरेको छ ।

शुक्रबार आयोजित एक कार्यक्रमकाबीच संस्थाले आर्थिक वर्ष २०७९/०८० मा संचालन गरेको कार्यक्रमहरुको वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले मानव बेचबिखन तथा ओसारपसारको जोखिमपूर्ण यात्रामा रहेका ४१ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई उद्धार गरी पारिवारीक पुर्नमिलन गराएको जानकारी गराएको छ ।

त्यस्तै, २३२ जना महिला, किशोरी तथा बालबालिकाहरुलाई मानव बेचविखन तथा ओसारपािर विरुद्धमा सूचना तथा परामर्श सेवाप्रदान गरेको संस्थाका क्षेत्रीय संयोजक संजित सिंहले जानकारी दिए । संस्थाको रोहबरमा ३ जनालाई महिला, किशोरी तथा बालबालिकाहरुलाई मानव बेचविखन तथा ओसारपसार विरुद्धमा र ज.ज.कको मुद्धा दर्ता गराएको उनले जनाए । साथै १ जनालाई भारतबाट उद्धार गरी स्वदेश फिर्ता गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा गृहका संयोजक भूमिराज भट्टराईले मानव बेचबिखनमा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । उनले खासगरि सीमानासंग जोडिएका पालिकाका पदाधिकारीहरुलाई गम्भिर रुपमा मानव बेचबिखनविरुद्ध काम गर्न आग्रह गरे । कार्यक्रममा नगराइन नगरपालिकाका प्रमुख विनय यादवले मानव बेचबिखन रोक्न थप जनचेतनाको आवश्यकत भएकाले यसको प्रचार प्रसारमा जोड दिनुपर्ने सुझाव दिए । कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी चक्र पाणि पाण्डेले मानव बेचविखनको समस्या सीमानाकासंग जोडिएको समस्या रहेकाले विभिन्न गैरसरकारी संघ संस्थाहरुको समन्वय र पालिकाहरुलाई जिम्मेवारी प्रदान गरी निगरानी र सचेतनामूलक अभियान गर्नुपर्नेमा जोड दिए ।

Comment


Related News

Latest News

Trending News